+
+

भारतमा एकैदिन ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण, संक्रमित संख्या ११ लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते १२:५६

५ साउन, काठमाडौं । भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९)का ४० हजार ४२५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २७ हजार नाघिसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २७ हजार ४९७ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण ८१ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका सात लाख ८७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा तीन लाख १० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

त्यस्तै तामिलनाडुमा एक लाख ७० हजारभन्दा धेरैमानिस संक्रमित भइसकेका छन् । दिल्लीमा पनि एक लाख २२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?