Comments Add Comment

सप्तरीमा मृत्यु भएका वृद्वको कर्मचारीमा पनि कोरोना संक्रमण

५ साउन, सप्तरी । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको पसलमा काम गर्ने कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

राजविराज नगरपालिका- ६ का ७२ वर्षका संक्रमित वृद्धको गत बिहीबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

मृत्युपछि वृद्वको परिवारका सदस्य र पसलमा काम गर्ने कर्मचारी गरी १९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये राजविराजस्थित उनको पसलमा काम गर्ने एक पुरुष र उनको कम्प्युटर मर्मत गर्न गएका एक पुरुष पनि संक्रमित देखिएका छन् ।

सोमबार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष प्रेम यादवले जानकारी दिए ।

यसअघि आइतबार मृतक वृद्वका पत्नी, छोरा, बुहारी र नाति, नातिनासमेत गरी ५ जनामा  कोरोना पुष्टि भएको थियो । उनीहरुलाई घरमै  आइसोलेसनमा राखिएको छ । वृद्धको परिवार दुई साताअघि भारतबाट घर आएको थियो ।

वडा अध्यक्ष यादवले उनको परिवार भारतबाटै संक्रमित भएर आएको देखिएको बताए । ‘उनी आएपछि को कोसँग भेटे भन्ने सन्दर्भमा डिटेल हिस्ट्री पत्ता लगाइरहेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment