Comments Add Comment

कट्रिना, इशान र सिद्धार्थको ‘फोन भूत’

बलिउडमा नयाँ चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । तर, मेकरहरुले पनि नयाँ नयाँ चलचित्रको निर्माण घोषणा गर्न थालेका छन् ।

यसैविच, नायिका कट्रिना कैफले दुई यूवा नायकसँग रोमान्स गर्ने भएकी छिन् । कट्रिनाको साथमा नायकद्धय इशान खट्टर र सिद्धार्थ चतुर्वेदीको मुख्य भूमिका रहने चलचित्र ‘फोन भूत’ निर्माणको घोषणा गरिएको छ ।

चलचित्रको फस्टलुक सार्वजनिक गर्दै नायिका कैफले लेखेकी छिन्–‘भूतसँग जोडिएका हरेक समस्याको समाधानको लागि एउटै पसल । तपाइमाझ सन् २०२१ मा आउँदैछ ।’

यो चलचित्रलाई गुरमित सिंहले निर्देेशन गर्दैछन् । रितेन सिधवानी र फरहान अख्तरले यो चलचित्रको निर्माण गर्न लागेका हुन् । विशेष शक्तिमा आधारित रहेर तयार हुन लागेको यो चलचित्रको कथालाई रवि शंकरनले लेखेका हुन् ।

यो बर्षको अन्त्यबाट चलचित्रको छायांकन सुरु हुने अपेक्षा गरिएको छ । भारतमा केही सिरियलको छायांकन सुरु भएपनि चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन । नायिका कट्रिना कैफको चलचित्र ‘सूर्यवंशी’ रिलिजका लागि तयार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment