
५ साउन, काठमाडौं । तिनकुनेमा ट्राफिक लाइटमा गाडी रोकिराखेको वेला सार्वजनिक बस कुध्दा तीन वटा सवारीसधानमा क्षति पुगेको छ ।
कोटेश्वरबाट तिनकुनेतर्फ आउँदै गरेको बा ३ ख ८६८१ नम्बरको सार्वजनिक बसले एउटै लेनमा रहेको तीन वटा निजी सानो गाडीलाई ठक्कर दिएको हो ।
महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रहरी निरीक्षक राजन लामाका अनुसार घटनामा कोही पनि घाइते भएका छैनन् । तर, गाडीमा भने पूर्णरुपमा क्षति पुगेको छ ।
लामाले अनलाइनखबरसँग भने, ‘मोटरसाइकल भएको भए मानवीय क्षति पनि हुनसक्थ्यो तर, गाडीले भएकाले अप्रिय घटना हुन पाएन ।’
चालक तथा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना कसरी भयो भन्ने विषयमा ट्राफिक प्रहरी महाशाखाले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4