+
+

साउन ८ बाट विद्यार्थी भर्ना खुला गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते २१:४८

५ साउन, काठमाडौं । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

‘अहिले स्कुल खुल्दैन तर अभिमुखीकरण सुरु गर्ने भनेका छौं’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने ।

उनका अनुसार सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?