Comments Add Comment

ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा ८.९९ प्रतिशतमा ३ दिनमै

६ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९ प्रतिशत व्याजदरमा साना तथा मझौलाव्यवसायी कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमैकर्जा प्रवाह गर्न लागेको जनाएको छ ।
कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्ने दाबी बैंकले गरेको छ । देशभरका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा पाइने बैंकले जनाएको छ ।

यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाख देखि देखि १ करोड सम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment