 
																			५ साउन, काठमाडौं । अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको छ ।
चिनियाँ अधिकारीहरुबाट न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ‘उनीहरुले आफ्ना नागरिकलाई भटाभट माथिल्लो भागमा सारिरहेका छन्’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘त्यही भएर हामीले पनि सतर्कता अपनाउनु पर्ने भएको छ ।’
पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ । साथै नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको ढकालले बताए ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पालेपनि नदी आसपासका बासिन्दालाई सडकभन्दा माथितिर आएर बस्न आह्वान गरिएको बताए । उनका अनुसार केरुङ च्छो (दूधपोखरी)फुट्यो भने कल्पना गर्न नसकिने क्षति हुनेछ र सबैभन्दा बढी क्षति बाह्रबिसेमा हुनेछ ।
तातोपानी नाकाबाट ६ घण्टा हिडेर पुगिने उक्त पोखरीमा ठूलो छाल सधैं आउने गरेको र भूकम्पपछि पनि एकपटक यस्तै खतराको सूचना प्राप्त भएको शेर्पाले बताए ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4