+
+
Shares

मौवा खोला पुल छेउमा ग्याबिन जाली भरेर सडक मर्मत गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १०:२५

६ साउन, चितवन । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोला पुलको छेउमा भत्किएको सडक ग्याबिन जाली भरेर मर्मत गरिने भएको छ ।

बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेर सडक सञ्चालन गरिने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए ।

चितवन र धादिङको सिमाना रहेको मौवाखोलाको पुल र सडक जोड्ने १२ मिटर भाग सोमबारको बाढीले बगाइदिएको छ । अहिले पनि पानी परिरहेकाले काम गर्न समस्या आएको अधिकारीको भनाइ छ ।

बेलिब्रिज बनाउने वा ग्याबिन भर्ने भन्नेबारे विभागमा छलफल भएको जानकारी दिँदै डिभिजन प्रमुख अधिकारीले चाँडो र तत्कालका लागि छिटो सवारी सञ्चालन गर्न ग्याबिन जाली प्रभावकारी हुने निष्कर्ष निकालिएको बताए ।

उनले यसका लागि नुवाकोटबाट जाली मगाइएको जानकारीसमेत दिए । सडक सञ्चालन गर्न पानी रोकिएर लगातार काम गर्न पाए दुई दिनमा सडक मर्मत गरिसक्ने इन्जिनियर अधिकारीको भनाइ छ ।

मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् ।
राजधानी काठमाडौं जोड्ने मुख्य लाइफलाइन सडकको पुल भत्किदा सयौं सवारी साधानहरु रोकिएका छन् । अधिकांश ठूला मालबाहक सवारी साधनहरुले काठमाडौं जान यही सडकखण्ड प्रयोग गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?