Comments Add Comment

‘कोभिडपछिको आर्थिक विषमतामा हलचल ल्याउन सुपर चमत्कारिक कर्जा योजना’

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, रोशनकुमार न्यौपाने । उनले सीईओको जिम्मेवारी सम्हालेको छोटो समयमै वासलातको आकार, शाखा सञ्जाल, ग्राहक संख्या, डिजिटल बैंकिङ इक्विटी प्रतिफल आदि सबै हिसाबले एनआईसी एशिया बैंक उचाइतर्फको यात्रामा छ ।

यही बेला आएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनको असर अर्थतन्त्रका हर अवयवमा परेको छ । बैंक तथा वित्तीय क्षेत्र यसबाट अछुतो रहने कुरै भएन ।

यस्तो असहज परिस्थितिकाबीच पनि एनआईसी एशिया बैंकले सबभन्दा न्यून ब्याजदरमा ‘सुपर चमत्कारिक कर्जा सुविधा’ योजना ल्याएको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित ल्याइएको यो योजनाका समग्र पक्षमा अनलाइनखबरकर्मी रोयल आचार्यले सीईओ न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंशः

आर्थिक वर्ष २०७६/०७७ को अन्तमा एनआईसी एशिया बैंकको नतिजा कस्तो देखियो ?

यस आर्थिक वर्षको पहिलो आठ महिनासम्ममा नेपाली अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रको प्रगति राम्रो थियो । पछिल्ला केही वर्ष ७ प्रतिशत औसत आर्थिक वृद्धिदर हासिल गरिरहेको अर्थतन्त्रले यो आवमा ८ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि गर्ने अनुमान थियो ।

सरकारले क्रमशः आयात प्रतिस्थापन गरेर व्यापार घाटा कम गर्दै लैजाने दीर्घकालीन योजना बनाएको थियो । कुल वस्तु निर्यात २२.३ प्रतिशतले वृद्धि भएर रु.७४ अर्ब ९१ करोड पुगेको थियो भने कुल आयात २.६ प्रतिशतले घटेर रु.९२४ अर्ब २४ करोड पुगेको थियो । यस अवधिमा कुल व्यापार घाटा ४.३ प्रतिशतले घटेर रु.८४९ अर्ब ३३ करोडमा झरेको थियो । अघिल्लो आवको तुलनामा रेमिट्यान्स आप्रवाह पनि १.८ प्रतिशत बढेर रु.५९२ अर्ब ४२ करोड र शोधनान्तर स्थिति रु.३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो ।

यो तथ्यांकबाट आयात घटाउँदै निर्यातलाई क्रमशः बढाउँदै लैजाने सरकारको नीतिले अपेक्षित परिणाम देखाउन लागेको सहजै अनुमान गर्न सकिन्छ ।

यसरी आवको पहिलो आठ महिनासम्म उत्साहप्रद उपलब्धी हासिल भइरहेको अवस्थामा अचानक आएको कोभिड–१९ महामारीले नेपालमा मात्र नभई विश्वभरि नै आर्थिक संकट उत्पन्न गराएको छ । गत चार महिनामा यसले विश्वभरको अर्थतन्त्रको वितरण प्रणालीलाई नराम्ररी असर गरेको छ ।

कोरोनाको कारण आव ०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.८ देखि २.५ प्रतिशतमा खुम्चिने विश्व बैंक को प्रक्षेपण छ । केन्द्रीय तथ्यांक विभागले पनि यस वर्षको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

कोरोनाले पारेको चौतर्फी असर कहिले सकिन्छ भन्ने यकिन छैन । अर्थतन्त्रमा कोरोनाको दूरगामी असर पर्ने अर्थशास्त्रीहरुको अनुमान छ । नेपालको पर्यटन, निर्माण, यातायात लगायतका क्षेत्रमा यसको सबभन्दा ठूलो असर देखिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा पनि यसको गहिरो असर पर्ने निश्चितै छ ।

आव २०७६/०७७ को तेस्रो त्रयमाससम्म बैंकहरुको कर्जा, निक्षेप र खुद मुनाफाको वार्षिक वृद्धि दर क्रमशः १२ प्रतिशत, ७ प्रतिशत र ४ प्रतिशत थियो । लकडाउनपछि बैंकिङ्ग क्षेत्रको कर्जा करिब ४० अर्ब रुपैयाँ बराबरको ऋणात्मक अवस्थामा छ । निक्षेप भने करिब रु. १७० अर्बले वृद्धि भएको छ ।

हाम्रो बैकले पनि बैंकिङ्ग क्षेत्रको औसत वृद्धिदरलाई नै पछ्याइरहेको छ । तेस्रो त्रयमाससम्म बैंकको कर्जा, निक्षेप र खुद मुनाफा क्रमशः १७ प्रतिशत (रु. २५ अर्ब), १२ प्रतिशत (रु. १९ अर्ब) र १० प्रतिशत (२२ करोड) ले वृद्धि भएको छ ।

वाणिज्य बैंकहरुको पँुजिमा प्रतिफल १२.९९ प्रतिशत रहेकोमा एनआईसी एशियाको २१.२ प्रतिशत छ । समग्रमा हाम्रो बैंकको नतिजा सन्तोषजनक छ र कोभिड– १९ पछि हामी ‘बाचौं र बचाऔं’ अभियानमा लागेका छौं ।

अहिले एनआईसी एशियाको ‘सुपर चमत्कारिक कर्जा योजना’ चर्चामा छ । यसबारे प्रष्ट पारिदिनुहोस् न ।

अहिले समग्र अर्थतन्त्र नै शिथिल भएको अवस्थामा अर्थतन्त्रलाई चलायमान पार्न केही योगदान पुगोस् भनेर हामीले सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएका हौं ।

नेपालका अरु बैंक तथा वित्तीय संस्थाहरुकोभन्दा न्यून ब्याजदरमा अर्थात् प्रशासनिक शुल्कमा कर्जा योजनाहरु ल्याएका छौं । वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्क रहेको यी सुविधा साच्चिकै चमत्कारिक छन् ।

यी कर्जाहरुको ब्याजदर एक वर्षसम्म स्थीर रहनेछन् । एक वर्ष पश्चात बैंकको आधारदरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर पहिलो वर्षको जति नै अर्थात् ८.२५ प्रतिशतसम्म भए त्यही कायम रहन्छ । अन्यथा, एक वर्ष पछिको आधारदरमा कर्जाको ब्याजदर कायम हुनेछ ।

सुपर चमत्कारिक कर्जाहरुको निर्णय ४८ घण्टाभित्र हुनेछ । घर कर्जामा ग्राहक आफैंले वार्षिक रुपमा मासिक किस्ताको दर निर्धारण गर्न सक्नहुन्छ ।

कर्जाको लागि पूर्वस्वीकृति गराई घर निर्माण/मर्मत तथा सवारी किन्न सकिने, घर निर्माण वा मर्मतसंभार कर्जामा अधिकतम ५ वर्षसम्म ब्याज मात्रै तिरे पनि हुने, नयाँ तथा पुराना दुवै व्यवसायलाई कर्जा दिइने, ग्राहकले आफ्नो आवश्यकताअनुसार कर्जाको मिश्रण छनौट गर्न सक्ने, कुनै पनि ब्राण्डको गाडीमा सवारी कर्जा लिन सकिने, सवारी कर्जा अधिकतम १५ वर्षको लागि लिन सकिने, ऋणीलाई निःशुल्क क्रेडिट कार्ड आदि सुविधाहरु सुपर चमत्कारिक कर्जाका विषेशता हुन् ।

सुपर चमत्कारिक कर्जा योजनाको सोच कसरी आयो ?

कतिपय जानकारहरु कोभिड–१९ महामारीले सन् १९३० को विश्वव्यापी आर्थिक मन्दी भन्दा गम्भीर असर पार्ने बताइरहेका छन् । महामारीले थला पारेको अर्थतन्त्र उठाउन केही योगदान गर्न सकिन्छ कि भन्ने मनसायले सुपर चमत्कारिक कर्जा सुविधा ल्याएका हौं ।

चमत्कारिक घर कर्जा अन्य प्रयोजनका लागि पनि लिन सकिन्छ ?

नयाँ घर तथा अपार्टमेन्ट खरिद गर्न त यो कर्जा लिन सकिने भयो नै त्यसबाहेक पुरानो घरमा तला थप्न, मर्मतसम्भार गर्न र घर बनाउने जग्गा किन्न पनि यो कर्जा पाइन्छ । अपार्टमेन्ट कर्जाको लागि चाहिँ ग्राहकको नाममा अपार्टमेन्ट दर्ता भएको प्रमाणपत्र अनिवार्य चाहिन्छ ।

घर खरिदको हकमा ३० वर्षभन्दा पुरानो नभएको घरमा मात्र यो कर्जा उपलब्ध हुन्छ । ग्राहक महानुभावहरुले आफूसँग भएको जग्गा वा घर धितोमा राखेर सजिलै यो कर्जा लिन सक्नुहुन्छ ।

अन्य बैंकबाट कर्जा लिइरहनु भएको ग्राहकलाई पनि सुपर चमत्कारिक घर कर्जा दिन यस बैंकमा ‘स्वाप’ गर्न मिल्ने व्यवस्था गरेका छौं । न्यूनतम रू.४ लाखदेखि बढीमा एक करोड ५० लाखसम्म सुपर चमत्कारिक घर कर्जा लिन सक्नुहुनेछ । ग्राहकले अधिकतम रु.५० लाखसम्मको ओभरड्राफ्ट सुविधा लिन सक्नुहुनेछ ।

घर बनाउन मात्रै होइन, जग्गा किन्न पनि यो कर्जा उपलब्ध गराउँछौ । तर, ऋणीले कर्जा लिएको दुई वर्षमा त्यस जग्गामा घर बनाउने प्रतिवद्धता पत्र बुझाउनुपर्छ । कर्जा लिने ग्राहकको उमेर कम्तिमा २१ वर्ष पूरा भएको हुनपर्छ । कर्जाको अन्तिम किस्ता बुझाउने बेलासम्म ८० वर्ष ननाघेको हुनुपर्छ ।

बजारमा विभिन्न किसिमका घर कर्जा स्किमहरु छन् । सुपर चमत्कारिक कर्जा नै किन रोज्ने ?

हामीले अहिलेका स्किमहरुमा रहेका कमीलाई सम्बोधन गर्ने उद्देश्यले सुपर चमत्कारिक कर्जा योजना ल्याएका हौं । सर्वाधिक न्यूनतम ब्याजदर तथा प्रशासनिक शुल्कसहितको यस कर्जा सुविधा ग्राहकको लागि अत्यन्त लाभदायी छ ।

एनआईसी एशिया नेपालको घर कर्जाको पोर्टफोलियोमा अग्रणी बैंक भएकाले पनि हामी ग्राहकहरुको लागि के–कस्ता सुविधा ल्याउनु पर्छ भन्नेमा बढी प्रष्ट छौं । सुपर चमत्कारिक घर कर्जाको पाँच वर्ष ब्याज मात्रै तिरे पनि हुन्छ ।

घर बनाउन, मर्मत गर्न, तला थप्न शतप्रतिशत कर्जा सुविधा पाइन्छ । पैतृक सम्पतिसमेत धितोमा राखेर कर्जा लिन सकिन्छ । यति लचिलो सुविधाहरुबारे ग्राहकहरुले प्रष्ट जानकारी पाउनुभयो भने निःसन्देह रुपमा यो सुपर चमत्कारिक कर्जा नै रोज्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

सुपर चमत्कारिक कर्जाहरुको व्याज एक वर्षसम्ममा नबढ्ने ग्यारेन्टी कसरी गर्नुहुन्छ ?

सुपर चमत्कारिक कर्जाहरुको ब्याजदर एक वर्ष स्थीर गरिएको छ । त्यसपछि व्यवस्थाबारे अघि उल्लेख गरिसकेको छु ।

मान्नुहोस्, एक वर्षपछि बैंकको आधारदर ७.५ प्रतिशत छ भने कर्जाको ब्याज ७.५ प्रतिशतमा ०.७५ प्रतिशत प्रिमियम जोडेर ८.२५ प्रतिशत हुन्छ । एक वर्षपछि बैंकको आधारदर ८.५ प्रतिशत भए कर्जाको ब्याज पनि आधारदरसँग बराबर अर्थात् ८.५ प्रतिशत नै हुन्छ । अर्काे वर्षदेखि बढ्छ भन्ने हल्लाको पछाडि लागेर तर्सनु पर्दैन ।

एक वर्ष ब्याज परिवर्तन नहुने ज्ञारेन्टी कर्जाको अफर लेटरसँगै ग्राहकहरुलाई दिन्छौं । ग्राहकले समयमै किस्ता वा चुक्ता भुक्तानी गर्नुपर्ने रकम नबुझाई नेपाल राष्ट्र बैंकले व्यवस्था गरेअनुरुप कर्जाको वर्गीकरणमा परिवर्तन गर्नुपर्ने अवस्थामा बाहेक अन्य कुनै पनि कारणले कर्जाको ब्याजदर नबढ्ने ज्ञारेन्टी गर्छौं ।

कर्जा स्वीकृत गर्दा नै एक वर्ष ब्याजदर नबढ्ने प्रतिबद्धता पत्र उपलब्ध गराउँछौं । त्यसमा एकवर्ष पछिको ब्याजदरबारे पनि प्रष्ट उल्लेख हुन्छ ।

पाँच वर्षसम्म घर कर्जाको ब्याज मात्र तिरे हुन्छ भन्नुभयो । यसलाई अझ प्रष्ट पारिदिनुहोस् न ।

हामीले शतप्रतिशत कर्जा सुविधा भएको सुपर चमत्कारिक योजना ल्याएका हौं । निर्माण कार्यमा ग्राहकहरुलाई वित्तीय भार बढी हुने भएकाले अधिकतम पाँच वर्षसम्म कर्जाको ब्याज मात्रै तिरे पुग्ने सुविधा दिन खोजेका हौं । यो सुविधा जग्गा वा पुरानो घर किन्नको लागि भने उपलब्ध हुँदैन ।

पहिलो घर निर्माण वा खरिद गर्ने ग्राहकले धितोको ७० प्रतिशतसम्म कर्जा पाउनु हुनेछ । कोही ग्राहकले अहिले जग्गा किनेर दुई वर्षसम्ममा त्यहाँ घर बनाउने प्रतिवद्धता कर्जाको निवेदनमा गरे धितोको ७० प्रतिशतसम्म कर्जा पाउनुहुन्छ ।

यसबाहेकका घर कर्जाको लागि काठमाडौं उपत्यका भित्रका धितोमा बजार मूल्यको ५० प्रतिशतसम्म र बाहिरको धितोको बजार मूल्यको ६० प्रतिशतसम्म कर्जा लिन सक्नुहुन्छ । ५० लाख वा सोभन्दा माथिको इक्विटी फाइनान्सिङको हकमा भने काठमाडांै उपत्यका भित्रको धितोमा बजार मूल्यको ४० प्रतिशतसम्म र बाहिरको धितोमा बजार मूल्यको ५० प्रतिशतसम्म कर्जा लिन सकिन्छ ।

त्यस्तै, पहिलो पटक घर किन्दा ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा लिन सक्नुहुन्छ ।

उपत्यका बाहिर गाउँको जग्गा धितोमा घर कर्जा पाइन्छ ?

अवश्य पाइन्छ, तर त्यस्तो जग्गामा सडक पुगेको र बैंकको सूचीकृत मूल्यांकनकर्ताले उचित ठह¥याएको हुनुपर्छ । त्यस्तो जग्गा भए धितो राखेर घर कर्जा सजिलै लिन सकिन्छ ।

ग्राहकको आम्दानी र किस्ताको अनुपात कति कायम हुन्छ ?

ग्राहकले पहिलो घर कर्जाको लागि ऋण भुक्तानी आम्दानी अनुपात ६० प्रतिशत र अन्य घर कर्जामा कूल मासिक आम्दानीको ५० प्रतिशतसम्म किस्ता रकम कायम गर्न सकिनेछ । मासिक आम्दानी गणना गर्दा वार्षिक आम्दानीलाई १२ ले भाग गरी औसत मासिक आम्दानी निकालिन्छ । सुपर चमत्कारिक सवारी कर्जामा पनि यो नियम लागु हुन्छ ।

अन्य बैंकको कर्जा यस बैंकमा सार्न (स्वाप गर्न) सकिने व्यवस्थाबारे थप बताइदिनुहोस् न ।

सुपर चमत्कारिक कर्जाहरुमा अन्य बैंक तथा वित्तीय संस्थाबाट सहजै कर्जा सार्ने व्यवस्था पनि छ । कर्जा सार्न यस बैंकमा कर्जा स्वीकृति पश्चात तमसुक तथा सोसम्बन्धी कागजातहरुमा हस्ताक्षर गरी कर्जा प्रि–डिस्बर्समेन्ट निवेदनका साथ धितोबन्धक गराउने व्यवस्था छ ।

यस बैंकमा धितो बन्धक गर्नुपूर्व नै अन्य बैंकको कर्जा भुक्तान गर्न पनि प्रि–डिस्बर्समेन्ट गर्न सकिन्छ । यसका लागि अतिरिक्त शुल्क समेत लाग्दैन ।

अर्काे बैंकको घर कर्जा भए पनि घरको तला थप्न वा मर्मत गर्न सुपर चमत्कारिक घर कर्जा लिन सकिन्छ । त्यसका लागि पहिले अन्य बैंकका सबै घर कर्जा हाम्रो बैंकमा सार्नुपर्छ । त्यसपछि धितो मूल्यांकन गरेर निर्माणको अनुमानित खर्चको आधारमा एनआईसी एशिया बैंकले कर्जा दिन्छ ।

जागिर वा नियमित आम्दानीको स्रोत छैन भने पनि सुपर चमत्कारिक घर कर्जा लिन पाइन्छ ?

नियमित आय स्रोत नभएका ग्राहकहरुले कृषि वा अन्य कुनै व्यवसायबाट हुने आयको आधारमा समेत यो कर्जा सुविधा लिन सक्नुहुन्छ । त्यस्तै, ग्राहकले दुई वर्षभित्र घर बनाउने प्रतिबद्धता गरे पैतृक सम्पत्ति राखेरसमेत सुपर चमत्कारिक घर कर्जा लिन सक्नुहुन्छ ।

२० वर्षको लागि सुपर चमत्कारिक घर कर्जा लिएर त्योभन्दा अघि नै प्रिपेमेन्ट गर्न मिल्छ ?

कर्जा अवधिभरको जुनसुकै बेला ग्राहकले आंसिक वा पुरा पेमेन्ट गर्न सक्नुहुन्छ । यसका लागि पनि कुनै अतिरिक्त शुल्क लाग्दैन । यो सुविधा सुपर चमत्कारिक अन्तरगतका सबै कर्जाहरुमा हुनेछ ।

घर कर्जा बीमा पनि गर्नुपर्छ ?

अनिवार्य रुपमा गर्नुपर्छ । बीमाको लागि बैंकले ग्राहकको आग्रहमा सहजीकरणको काम गर्न सक्छ । घर बनाउन खरिद गरिएको जग्गाको भने बीमा गर्नु पर्दैन ।

सुपर चमत्कारिक सवारी कर्जा कतिसम्म लिन सकिन्छ ?

यसमा निजी प्रयोजनको रातो नम्बर प्लेट र व्यावसायिक प्रयोजनको रातो नम्बर प्लेटवाला सवारी किन्न खरिद/बजार मूल्यको ५० प्रतिशतसम्म हुने गरी अधिकतम दुई करोडसम्म कर्जा लिन सकिन्छ । त्यस्तै, सेकेन्ड ह्यान्ड सवारी खरिदमा बजार मूल्यको ५० प्रतिशत वा सूचीकृत मूल्यांकनकर्ताले तोकेको रकममध्ये जुन कम हुन्छ सो बराबर हुने गरी अधिकतम एक करोडसम्म कर्जा लिन सकिन्छ ।

सेकेन्ड ह्यान्ड सवारी कर्जा बैंकको सूचीकृत मूल्यांकनकर्ताको मूल्यांकनपछि मात्र अधिकतम एक करोडसम्म उपलब्ध हुन्छ । जापानी र युरोपियन ब्राण्डको सेकेन्ड ह्यान्ड सवारीका लागि आठ वर्ष र अन्य देशमा बनेको हो भने ६ वर्षसम्मको लागि सुपर चमत्कारिक सवारी कर्जा पाइन्छ ।

घर कर्जा र सवारी कर्जा दुवै लिन इच्छुक ग्राहकहरुका लागि बन्डलिङ्ग अफर पनि छ ।

सुपर चमत्कारिक व्यवसाय कर्जा योजना पनि छ, होइन ?

साना तथा मझौला उद्योग–व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना पनि ल्याएका छौं । विदेशबाट हातमा सिप लिएर फर्केका युवालाई देशमा साना व्यवसायका लागि प्रोत्साहित गर्नु यो कर्जाको एक मुख्य उद्देश्य हो ।

सर्वाधिक न्यून ८.२५ प्रतिशत ब्याजदर र ०.२५ प्रतिशत प्रशासनिक शुल्क यो कर्जाको विषेशता हो । यो कर्जाअन्तर्गत न्यूनतम रू.१६ लाखदेखि अधिकतम एक करोडसम्म र एक करोडसम्मकै ओभरड्राफ्ट तथा ओभरड्राफ्टर आवधिक कर्जाको कुनै पनि मिश्रणमा पनि १ करोडकै छ । जस्तो– ५० लाखको ओभरड्राफ्ट ५० लाखको आवधिक कर्जा आदि ।

४८ घण्टामै कर्जासम्बन्धी निर्णय दिने भन्नुभएको छ, यो कसरी सम्भव छ ?

हामी ग्राहकले सम्पूर्ण कागजपत्र बुझाएको ४८ घण्टामा कर्जाको निर्णय दिन्छौं । त्यसबीचमा प्रकृया कहाँ पुग्यो भन्ने जानकारीसमेत एसएमएसबाट दिन्छौं । हामीले अनलाइन निवेदन लिने र कर्जाको लागि योग्यता मापन पनि अनलाइनबाटै गर्ने सुविधाको विकास गरेका छौं ।

सन्चालनमा आइनसकेका फर्महरुले सुपर चमत्कारिक व्यवसाय कर्जा लिन सक्छन् ?

हामीले कोभिड–१९ पछिको परिस्थितिमा नयाँ सोच साकार पार्न खोलिएका फर्म वा व्यवसायलाई वित्तीय स्रोत जुटाइदिनका लागि नै सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएका हौं ।

त्यस्ता फर्म वा व्यवसायले बैंकको स्वीकृत धितो मूल्यांकनको शतप्रतिशतसम्म कर्जा पाउनसक्नु हुन्छ । घरजग्गा बाहेकको सम्पत्ति भए कर विज्ञको आधारमा ८० प्रतिशतसम्म, घरजग्गा बाहेकको सम्पत्तिको रि–फाइनान्सको हकमा बुक भ्यालुको ८० प्रतिशतसम्म र घरजग्गाको हकमा मूल्यांकनको ९० प्रतिशत वा थैली रकमको ८० प्रतिशतमध्ये जुन कम छ त्यो बराबरको कर्जाको सीमा निर्धारण हुने व्यवस्था गरेका छौं ।

सुपर चमत्कारिक व्यवसाय कर्जा सुविधाअन्तर्गत स्थीर चालु पुँजीको लागि दिइने फिक्स्ड कर्म लोन अवधी १० वर्षसम्मको हुन्छ । घर तथा जग्गा खरिदका लागि दिइने ऋणको अवधी २० वर्षसम्मको हुनेछ ।

एनआईसी एसिया बैंकका पुराना ग्राहकको लागि कस्ता सुविधाहरु ल्याउनु भएको छ त ?

पुराना ग्राहकहरुको लागि पनि चमत्कारिक फाइदा हुने अफरहरु ल्याएका छौं । कोभिड–१९ पछिको असहज परिस्थितिमा हाम्रा ग्राहकहरुलाई नेपालको इतिहासमै दुर्लभ उपलब्ध हुने १० प्रतिशत ब्याज छुटको योजना बैशाख र जेठ महिनामा ल्यायौं ।

हाम्रो बैंकबाट कर्जा लिनुभएका ग्राहकले असार मसान्तसम्मको साँवा तथा ब्याजको बक्यौता चुक्ता भुक्तानी गर्नुभएमा साउन १ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई ९.९९ प्रतिशत कायम गरिने सुविधा ल्याएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment