Comments Add Comment

अलग भए सुधांशु र उषा

नायिका उषा पौडेल र नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका छन् । करिब ३ बर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो ।

अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी दुइ अलग भएको वुझिएको छ । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् ।

उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरुविच कलह सुरु भएको वुझिएको छ ।

उषा बाल्टिमोरमा बस्न थालेपछि सुधांशु केही समय अगाडि उनीसँग कुरा गर्न वाल्टिमोर पनि पुगेका थिए । तर, उषा र सुधांशुको कुरा मिल्न नसकेको वुझिएको छ ।

आज नायिका उषा पौडेलको जन्मदिन हो । तर, सुधांशुले उनलाई जन्मदिनको शुभकामना दिएका छैनन् । उनले सामाजिक संजालमा आफ्नी आमालाई जन्मदिनको शुभकामना दिएका छन् । साथै, उनले एउटा टिकटक भिडियो पोष्ट गरेका छन् ।

यता, नायिका उषा पौडेलको जन्मदिनमा उनका साथीहरुले सरप्राइज दिदै मध्यरातमा नै केक काटेका छन् । उषाले सरप्राइज केक भन्दै साथीहरुलाई धन्यवाद दिएको भिडियो र फोटो सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाउँदै गर्दा नायिका उषा पौडेल भारत पुगिन् । भारतमा रहँदा उनले केही लोकप्रिय सिरियलमा काम गरेकी थिइन् । यसपछि, उनी अमेरिका पुगेकी थिइन् । अमेरिकामा पुगेपछि उनी र सुधांशुविच प्रेम सम्बन्ध जोडिएको थियो । प्रेममा रहेको केही समयपछि उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment