+
+
Shares

थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते २०:२६

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

कहाँ-कहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बारामा ४६ जना थपिएका छन् । यस्तै, डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका ८, रुकुम पूर्वका ७, दाङ र सुनसरीका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४/४ जना, झापा र सल्यानका ३/३ जना, काठमाडौं, धनुषा, तनहुँ र दैलेखका २/२ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीमा एकएक जना संक्रमित भएका छन् ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?