+
+
Shares

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो हटाउने काम सुरु

सुवास पण्डित सुवास पण्डित
२०७७ साउन ६ गते १०:०१

६ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा खसेको पहिरो हटाउने काम सुरु भएको छ ।
सो ठाउँमा केहीबेरदेखि पानी पर्न रोकिएको मौकामा पहिरो हटाउन थालिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

खनालका अनुसार पहिरो झण्डै ५० मिटर लामो छ । सोमबार विहानैबाट अवरुद्ध सडकखण्ड खुलाउन अहिले चारवटा डोजर लगाएर काम भैरहेको छ ।

सोमबार दिउँसो चार बजेतिर पहिरो हटाउने प्रयास गरिए पनि नसकेपछि छाडिएको थियो । पानी रोकिए अबको तीन घण्टामा पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गर्न सकिने इन्जिनियर खनालले बताए ।

नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा कतै पहिरो खसेको छ भने कतै सडक भासिएको छ । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका ठूला शहर तथा विभिन्न जिल्लामा जाने सवारी साधानहरु बाटोमा नै रोकिएका छन् । कतिपय सवारी साधनहरुलाई आँपटारी, रामनगरलगायत स्थानमा रोकिएको छ ।

प्रहरीले वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न भने पनि विभिन्न राजमार्गहरुमा पहिरो गएको तथा सडक भत्किएकाले जान सक्ने अवस्था छैन ।

काठमाडौं जान वैकल्पिक मार्गका रुपमा प्रयोग गरिने मकवानपुरको भिमफेदीको सडक पनि पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिलसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार हेटौंडा–दामन–पालुङ हुँदै नौबिसे निस्कने सडकखण्ड मात्रै सुचारु छ । साना सवारी साधन मात्रै यो सडकखण्ड भएर सहज यात्रा गर्न सक्ने हुँदा ठूला सवारी साधनहरुलाई समस्या भएको प्रहरीको भनाइ छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?