
६ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो मास्क लगाएको तस्वीर पोष्ट गर्दै अप्रत्यक्षरुपमा मास्क लगाउनु उनले देशभक्ति रहेको उल्लेख गरेका छन् । यसअघि सार्वजनिक स्थलमा मास्क नलगाएको भन्दै ट्रम्पको आलोचना भएको थियो ।
उनले सोमबार ट्विट गर्दै भनेका छन्, ‘हामी अदृश्य चाइना भाइरसलाई परास्त गर्ने प्रयासमा एकजुट छौँ र धेरै मानिसहरु भौतिक दुरी कायम राख्न नसकिने स्थानमा मास्क लगाउनुलाई राष्ट्रभक्ति मान्छन् । यहाँ मभन्दा देशभक्त कोही पनि छैन, तपाईंको मनपर्ने राष्ट्रपति ।’
We are United in our effort to defeat the Invisible China Virus, and many people say that it is Patriotic to wear a face mask when you can’t socially distance. There is nobody more Patriotic than me, your favorite President! pic.twitter.com/iQOd1whktN
— Donald J. Trump (@realDonaldTrump) July 20, 2020
हालै मात्र पनि ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि मास्कको आवश्यकताको विषयमा फरकफरक अभिव्यक्ति दिएका छन् । जसको कारण उनका विपक्षी डेमोक्रेट्स र धेरै वैज्ञानिकहरुले उनको आलोचना गरेका थिए ।
आइतबार फक्सन्युजलाई दिएको अन्तर्वार्तामा उनले आफू मास्क लगाउनुपर्छ भन्ने कुरामा विश्वास गर्ने तर यसले धेरै समस्या पनि निम्त्याउने उनको भनाइ छ । उनले मास्क आवश्यक रहेको कुरालाई आफूले पनि मान्ने तर यस विषयमा मतभेद पनि रहेको उनको बुझाइ थियो ।
स्रोत :सीएनएन
प्रतिक्रिया 4