Comments Add Comment

नेकपामा निकासका लागि प्रवक्ता श्रेष्ठको तीन सूत्र

४ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीमा जारी संकट समाधानका लागि तीन सूत्र अघि सारेका छन् ।

मंगलबार ट्वीट गर्दै नेकपा प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा बटमलाइन भएको बताए । उनले भनेका छन्, ‘पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिर्वतन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔं ।’

यद्यपि उनले यथास्थितिमा गुणात्मक परिर्वतन भनेको के हो खुलाएका छैनन् । साथै आगामी मंसिरमा महाधिवेशन सम्भव नभएको  भन्दै उनले भनेका छन्, ‘महाधिवेशनलाई प्राविधिक बिषय मात्र बनाउनु हुँदैन, बैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभार समेत पुरागर्ने गरी महाधिवेशन को तयारी गरौं । यसो गर्दा आगामी मङ्सिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिन्न।’

केन्द्रीय कमिटीको निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढ्नुपर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment