+
+
Shares

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १३:००

६ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ ।

साथै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ११ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ३७ हजार १४८ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म तीन लाख १८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने तामिलनाडुमा एक लाख ७५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा एक लाख २३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका सात लाख २४ हजार ५७८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?