Comments Add Comment

पहिरोले सिद्धार्थ राजमार्ग पुन: अवरुद्ध

७ साउन, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ ।

मंगलबार राति तानसेन नगरपालिका–८ गौडेपुल नजिकै र तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै नाग मन्दिरमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

गौडेपुल नजिकैको पहिरो दुई हप्तादेखि खस्ने र रोकिने हुँदै आएको छ । केही घण्टा वर्षा हुँदा पहिरो गएको ठाउँमा पुनः पहिरो खस्ने र सडक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी मदन गिरीले बताए ।

बुटवल–दोभान खण्डको नाग मन्दिरमा सोमबार राति पहिरो खसेकै ठाउँमा मंगलबार पुनः पहिरो खसेको हो । पहिरोमा ठूला–ठूला चट्टान खसेकाले अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, स्याङ्जा, कास्की, अर्घाखांची, पर्वत, बागलुङलगायतका जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीचमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment