Comments Add Comment

यस वर्ष अमरनाथ यात्रा नहुने

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण यस वर्ष अमरनाथ यात्रा नहुने भएको छ ।

भारत प्रशासित कश्मीरले हिमालय क्षेत्रको गुफाको तीर्थयात्रा रद्द गर्ने निर्णय गरेको हो । अधिकारीहरुले कोरोना भाइरसको कारण यो यात्रा रद्द गर्नुपरेको बताएका छन् । उनीहरुले स्वास्थ्य जोखिम निकै ठूलो रहेको बताएका छन् ।

दुई महिनासम्म चल्ने अमरनाथ यात्रामा हजारौं हिन्दू तीर्थालुहरु आउने गरेका थिए । जम्मु र कश्मीरको सबै तीर्थस्थलहरु जुलाई ३१ सम्मका लागि बन्द गरिएका छन् । मंगलबार यो क्षेत्रमा ६०८ नयाँ कोरोना संक्रमित भेटिएका थिए । यससँगै यहाँ समग्र कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ ।

अमरनाथ स्रिन बोर्ड (एसएएसबी)ले यात्रा आयोजना गर्दा अनावश्यक रुपमा कोभिड–१९ को जोखिम बढ्ने बताएको छ । भक्तहरुको लागि यो गुफामा गरिने अनुष्ठान लाइभ प्रसारण गरिने बोर्डले बताएको छ । अमरनाथ यात्रा दोस्रोपटक प्रभावित बनेको हो ।

गत वर्ष भारतले संविधानको धारा ३७० खारेज गर्दै जम्मु कश्मीरको विशेष दर्जा हटाउने निर्णय गरेको थियो । यससँगै उत्पन्न परिस्थितिको कारण अमरनाथ यात्रा पनि प्रभावित बनेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment