Comments Add Comment

प्रदेश १ प्रहरी कार्यालयका एक कर्मचारीमा कोरोना पु्ष्टि

७ साउन, काठमाडौं । प्रदेश १ को प्रदेश प्रहरी कार्यालयमा  कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना सं‌क्रमण देखिएको छ ।

ज्वरो आएपछि परीक्षणका लागि नमुना पठाइएकामा मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।

उनलाई कोशी अस्पतालको आइसोलेसनमा  लगिएको छ ।

डीआईजी कार्कीका अनुसार उनको संक्रमणको स्रोत पत्ता लागेको छैन । ‘बुधबार कार्यालय  बन्द गरेर डिस्इन्फेक्ट गर्दैछौं, कन्ट्याक ट्रेसिङ पनि सुरु गरिएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment