+
+
Shares

दराज र ईसेवाले ल्यायो ‘१ रुपैयाँमा आईफोन एसई’ जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १९:१०

७ साउन, काठमाडौं । अनलाइन बजार दराज, र अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाले १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने वान रुपी गेम अवसर लिएर आएका छन्। भाग लिनको लागि, ग्राहकहरूले दराजमा आइफोन रुपिवान प्रोमोकोड लगाई आईफोन एसई १ रुपैयाँमा ईसेवाबाट भुक्तानी गरी अर्डर गर्नपर्ने छ।

बधबारदेखि १२ गतेसम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिने बताइएको छ। विजेता घोषित भएपछि सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन्।

यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचत बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २० प्रतिशतको छूट पाउने दराजले बताएकाे छ।

वान रुपी गेम अन्तर्गत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू पनि जित्न सक्दछन्, जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर।

यस अभियान र दराजमा ईसेवा मार्फत पैसा कसरी तिर्ने भन्ने बारे थप जान्नको लागि दराज वा ईसेवा एप हेर्न सकिने बताइएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?