+
+
Shares

नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते २०:५५

७ साउन, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै ठूलो चट्टान झरेका कारण फोरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ ।

मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित बालुवा पुल नजिकै चट्टानसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

पहिरोले सडकको झण्डै १५० मिटर भाग ढाकेको छ । सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि दमौली, पोखरा लगायतका ठाँउमा जाने र चितवन आउने सवारी साधन चल्न थालेका छन् ।

काठमाडौं जाने सडक भने पृथ्वी राजमार्गको मौवाखोलामा पुल भत्किएका कारणले अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?