+
+
Shares

संयुक्त राष्ट्रसंघ महासचिव बनेर रुसी प्रांकस्टारले गरे पोल्याण्डका राष्ट्रपतिसँग टेलिफोन वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते ११:५०

प्रांक गर्नेहरुसँग आम सर्वसाधारण मात्र झुक्किने र फस्ने भन्ने कहाँ हुँदो रहेछ र ? प्रांकस्टारको जालमा कहिलेकाहीँ देशका राष्ट्रपति समेत पर्दा रहेछन् । हालै रुसका एकजना प्रांकस्टारले पोल्याण्डका राष्ट्रपतिलाई झुक्काउन सफल भएका छन् ।

ती प्रांकस्टारले आफूलाई संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा प्रस्तुत गर्दै पोलिस राष्ट्रपतिसँग टेलिफोन वार्ता गरे । उक्त टेलिफोन वार्तामा उनले पोल्याण्डका राष्ट्रपतिसँग अनौठा खालका प्रश्नहरु सोधेर अवाक् बनाए । उनले पोलिस राष्ट्रपतिसँग युक्रेन तथा रसियाका बारेमा अनेक खालका प्रश्नहरु सोधेका थिए ।

भोभानको नामले परिचित रुसी प्रांकस्टार भ्लादमिर कुज्नेट्सोभले पोल्याण्डका राष्ट्रपतिसँग भएको टेलिफोन वार्ताको रेकर्डिङ युट्युबमा सार्वजनिक गरेका छन् । उक्त कुराकानी ११ मिनेट लामो छ । प्रांकस्टारसँग राष्ट्रपति एन्ड्रेज डुडाजले कुराकानी गरेको तथ्यलाई पोल्याण्डको राष्ट्रपति कार्यालयले समेत पुष्टि गरेको छ ।

अंग्रेजी भाषामा भएको उक्त कुराकानीका क्रममा सोधिएका कतिपय प्रश्नप्रति राष्ट्रपतिले आश्चर्य मानेको समेत आभाष हुन्छ र पटक-पटक महामहिम भनेर सम्बोधनसमेत गरेका छन् ।

राष्ट्रपति डुडाले बुधबार उक्त घटनाका बारेमा ट्विट गर्दै आफूलाई टेलिफोन कुराकानीकै क्रममा केही गडबड छ है भन्ने लागेको बताएका छन् । आफूलाई फोन गर्ने व्यक्तिको आवाज राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजकै जस्तो भएको तर चर्चित पोलिस भोड्का जुब्रोकाको उच्चारण भने उनले फरक ढंगले गरेको समेत राष्ट्रपतिले ट्विटरमा उल्लेख गरेका छन् ।

पोल्याण्डको राष्ट्रिय सुरक्षा विभागले एकजना रुसी प्रांकस्टार आफ्ना राष्ट्रपतिसँग टेलिफोनमा कुरा गरेर कसरी झुक्याउन सफल भए भन्ने तथ्यका साथै सो घटनामा रुसी जासूसी निकायको हात रहे नरहेको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?