
नायिका कंगना रनावत र बलिउडका अन्य केही नायिकाहरुविचको वाकयुद्ध चलिरहेको छ । कंगनाले ‘बी ग्रेड’का नायिकाहरु भनेपछि उनीसँग तापसी पन्नु, स्वरा भाष्कर, ऋचा चड्डा लगायतका नायिका रिसाएका छन् ।
यसैविच, कंगनालाई नायिका स्वरा भाष्करले पनि जवाफ दिएकी छिन् । कंगनामाथि प्रश्न गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखे–‘कंगनाजी, तपाई यती धेरै नाटक किन गर्नुहुन्छ ? चलचित्र ‘तन्नु वेड्स मन्नु रिटन्र्स’को छायांकनको समयमा तपाइले नायिका स्वरा भाष्करलाई गाली गर्नुभएको थियो । स्वराले एक टेकमै उत्कृष्ट सर्ट दिएपछि तपाई उनीमाथि भड्किनुभएको थियो ।’
नायिका स्वरा भाष्करले यो ट्विटलाई रिट्वट गर्दै लेखेकी छिन्–‘नेशनल अवार्ड विजेता एक नायिकाबाट बलिउड पृष्ठभूमी नभएकी एक नायिकाको…सन् २०१४ । खुशीको संझना ।’
स्वराले आफूहरुको बहसमा बारम्बार सुशान्त सिंह राजपुतको नाम जोडिएको भन्दै उनको परिवारसँग माफी माग्नुपर्ने पनि बताएकी थिइन् ।
प्रतिक्रिया 4