Comments Add Comment

पाचन प्रणाली कसरी राम्रो बनाउने ?

विशेषज्ञका अनुसार बिहान पेट सफा नहुनुको कारण हाम्रो खानपान र दिनचर्या हो । यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या समाधान हुन सक्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा राति सुत्नुभन्दा तीनघन्टा अगाडि नै खाइसक्नुपर्छ । अन्यथा क्यालोरी बर्न हुन पाउँदैन । खानामा फाइवरयुक्त कुराहरु अत्यधिक सेवन गर्नुपर्छ । यसबाट आन्द्राको राम्रोसँग सफाई हुन्छ । यसका अलावा दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।

अमलाको धुलो

दैनिक सुत्नुभन्दा अगाडि एक चम्चा अमला पाउडर सेवन गरेर अपचको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक तपाईं त्रिफला चुर्ण पनि लिन सकिन्छ ।

सुप

खाना खाएपछि सुप सेवन गर्दा पनि धेरै फाइदा मिल्छ । यसले आन्द्रालाई राम्ररी सफा गर्छ । यसको सेवनबाट पेट सँधै सफा रहन्छ । साथै पेटमा ग्यास जम्मा हुन पाउँदैन ।

मोही

मोहीमा औषधीय गुण रहेको हुन्छ । खाना खाएपछि पानी पिउनुको साटो मोही पिउनुपर्छ । यसबाट बिहानको समयमा पेट बिल्कुल सफा हुन्छ । यसको सेवन बिहानको खानापछि गर्नु राम्रो मानिन्छ ।

सलाद

पेट सफा नहुने समस्या भोगिरहेका व्यक्तिहरुले बढिभन्दा बढि सलाद सेवन गर्नुपर्छ । सलादमा मुला, गाजर, टमाटर, चुकन्दर, काँक्रो आदि हाल्न सकिन्छ । यसमा फाइबरको मात्रा धेरै हुन्छ जसले आन्द्रालाई राम्ररी सफा हुन्छ ।

पानी

ध्यानमा राख्नुपर्ने कुरा के हो भने खाना खाने क्रममा कहिल्यै पनि पानी पिउनु हुँदैन । आयूर्वेदका अनुसार खानासँगै पानी पिउनु हानिकारक हुन्छ । जहिले पनि खाना खाएको ४० मिनेटपछि पानी पिउनुपर्छ । यसले पाचनयन्त्र ठिक हुन्छ । खाना पनि सजिलै पच्छ । यसका अलावा दिनभरी पटक पटक पानी पिइरहनु पर्छ ।

बज्रासन

यसले आमाशय, पेट र गर्भाशयको पांसपेशीहरुलाई शक्ति प्रदान गर्छ । हर्नियाका रोगीहरुलाई यो आसन अत्यन्त प्रभावकारी हुन्छ । वजनलाई कम गर्न र शरीरलाई सुडौल बनाउन पनि यो आसनले मद्दत  गर्छ ।

यसरी गरौं बज्रासन

खाना खाएपछि चकटी ओछ्याएर बसौं । दुवै घुँडालाई मोड्ने र हत्केलाको बलले बस्नुपर्छ । दुवै खुट्टाका औंलाहरु आपसमा मिलेको हुनुपर्छ र कुरकुच्चामा अलिकति दूरी हुनुपर्छ । शरीरको पूरै भार खुट्टामा सार्ने । बज्रासन गर्ने क्रममा कम्मरलाई एकदम सिधा राख्नुपर्छ । यही अवस्थामा दस मिनेट बस्ने र लामो–लामो सास लिनुपर्छ । बज्रासनको दौरान शरीरको मध्यभागमा सबैभन्दा बेसी दवाव  पर्छ । यसबाट पेट तथा आन्द्रामा हल्का दबाब पर्छ जसले गर्दा कब्जियतको समस्या हट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment