Comments Add Comment

सरकारी छाप किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

८ साउन, काठमाडौं । सरकारी छाप किर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७० चैत १७ गते सरकारी छाप कीर्ते र ठगी मुद्दामा महतलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

बुधबार साँझ ललितपुरको सातदोबाटोबाट पक्राउ परेका महतलाई बिहीबार फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

महतलगायतका व्यक्तिले लोप्साङ लामा र निजकी श्रीमती च्यूङ्ताङ लामाको नाममा रहेको कठमाडौं सीतापाइलास्थित कित्ता नम्बर ८१८ को जग्गा मालपोत कार्यालय कलंकीका खरिदार भीमबहादुर राईसमेतको मिलोमतोमा सरकारी छाप कीर्ते गरी बिक्री गरेका थिए । खरिदार राई भने २०७४ सालमा नै पक्राउ परिसकेकाे उनले बताए ।

उनीहरुले काठमाडौं जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामालगायत अन्य कागजात नक्कली बनाई उक्त जग्गा सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठको नाममा नामसारी गराई कास्कीका प्रवीणमान श्रेष्ठलाई ७५ लाख रुपैयाँमा बिक्री गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment