Comments Add Comment

पर्सामा ५ थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्न चिकित्सक संघको आग्रह

८ साउन, वीरगञ्ज । पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका ५ जना थुनुवा पनि छन् । उनीहरु मध्ये चार जना भारतीय नागरिक हुन् ।

अन्य संक्रमितमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् भने केही आफैं शंका लागेर जाँच गराएको र केही पेड पीसीआर गराउनेहरु छन् । उनीहरु सबैलाई अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

साउन ६ गते कोरोना संक्रमण पुष्टि भएका नारायणी अस्पतालका स्वीपरको २३ बर्षीय छोरामा कोरोना देखिएको छ ।

यसअघि उनको दुई जना छोरीमा पनि कोरोना देखिएको थियो । उनकै कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३५ बर्षिय अर्का पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

साउन १ गते कोरोना संक्रमण पुष्टि भएकी वीरगञ्ज–१४ श्रीपुरकी १८ बर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–२९ की २५ बर्षिया किशोरी, वीरगञ्ज–१३ की ४८ बर्षिया महिला र ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १ गते कोरोना संक्रमण पुष्टि भएकी २२ बर्षीया महिलाको कन्ट्याक्ट ट्रेसिङमा परेका छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अन्य संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका २२ बर्षीय पुरुष, वीरगञ्ज– १० बस्ने ६०, ३५, २९ बर्षीया महिला, १४ बर्षका किशोर, घण्टाघरका २५ बर्षीय पुरुष, र वीरगञ्ज–१३ बस्ने ९ महिनाको बालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

आफैंलाई शंका लागेर पैसा तिरेर पीसीआर परीक्षण गराएका बहुदरामाई नगरपालिका– ५ भौराटार बस्ने ३३ बर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिका– ३ सवैठवाका ५० र २७ बर्षीय पुरुष, वीरगञ्ज–१० बजरंग टोल बस्ने २९ बर्षीय पुरुष, वीरगञ्ज– १२ मुर्ली बस्ने १६ वर्षका दुई पुरुष र ३८ बर्षीया महिला, वीरगञ्ज–२० का ३२ बर्षीय पुरुष, वीरगञ्ज–२ छपकैया बस्ने ३० बर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आव्हान गरेको छ ।

संघका सचिव डा उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दै साउन ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन् । कोरोना संक्रमित भेटिएका कारण एडभान्स अस्पताल पूर्ण रुपमा बन्द भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment