
९ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमण पुष्टि भएको छ ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्की, लमजुङ, बागलुङ र तनहुँका गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका ३ जना पुरुष र अन्नपूर्ण गाउँपालिका एक महिला र एक पुरुष रहेका छन् ।
लमजुङको कोल्हसोथारर, बेशीसहर र मध्यनेपालका एक/एकजना पुरुष रहेका छन् भने तनहुँको शुक्लागण्डकी र बागलुङको तमानखोलाका एक/एक पुरुष रहेका छन्। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३६० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4