Comments Add Comment

सन्दीपले सीपीएल खेल्ने अन्यौल

९ साउन, काठमाडौं । नेपाली युवा स्टार लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने विषय अन्यौल बनेको छ ।

आगामी अगष्टमा ट्रिनिडाड एण्ड टोबागोमा हुने यस सिजनको सीपीएलमा सन्दीप जमैका तल्लावाहजमा अनुबन्ध भइसकेका छन् । तर उनी त्यहाँ खेल्न जाने वा नजाने भन्ने निर्णय भइसकेको छैन ।

नेपालमा बुधबारदेखि लकडाउन अन्त्य भए पनि अन्तर्राष्ट्रिय उडान भदौ १ गतेदेखि मात्र खुल्ने सरकारले निर्णय गरेको छ । तर सन्दीप अबको एक सातापछि नै सीपीएल खेल्ने स्थल पुग्नुपर्ने भएकोले खेल्ने नखेल्ने अन्यौल बढेको हो ।

प्रतियोगिता सुरु हुनुअघि सहभागी फ्रेन्चाइजका खेलाडीहरु दुई साता होटलमै क्वारेन्टिन बस्नुपर्छ ।

सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले अबको सातादेखि १० दिनभित्रै उता पुगिसक्नु पर्ने भए पनि अहिलेसम्म कसरी जाने फिक्स्ड नभएको बताए । ‘जुलाई अन्तिम वा अगष्ट १-२ दिनमा उता होटल पुगिसक्नु पर्छ,’ रमनले भने, ‘तर त्यसका लागि फ्लाइट मिल्नुपर्छ । यहाँबाट हिँड्नुपर्‍यो । त्यी नै हो हामी पर्खिरहेका छौँ ।’

यो पनि पढ्नुहोस सीपीएललाई ट्रिनिडाड एण्ड टोबागो सरकारको स्वीकृति

रमनले समेसम्म चाँडे जानका लागि सम्भावित बाट खोजिरहेको बताए । ‘अब केही मिल्यो भने जाने सम्भावना छ । नत्र जाँदेन । यदी दुई मात्र विकल्प छ,’ रमनले भने , ‘अहिलेसम्म केही फिक्स्ड भाछैन । जाने नजाने ५०-५० चान्स छ ।’

सन्दीपलाई यस सिजन जमैकाले करोडभन्दा बढी नेपाली रकममा अनुबन्ध गरेको छ । साथै उनी टिमको मार्की खेलाडी पनि हुन् । जमैकामा आन्द्रे रसेल पनि छन् ।

सन्दीपले यसअघि दुई सिजन सीपीएल खेलिसकेका छन् । जसमा उनले पहिलो सिजन सेन्ट किट् एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए भने पछिल्लो सिजन बार्बेडोस् ट्रिडेन्ट्सबाट खेलेका थिए ।

अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा हुने यस सिजनको सीपएलमा जमैकासँगै साविक विजेता बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् ।

अहिलेसम्म ट्रिनबागोले सर्वाधिक ३ पटक उपाधि जित्दा जमेका र बार्बेडोसले २ पटक उपाधि जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment