
९ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये दैलेखका आठजना, कालीकोट दुई र जाजरकोटका एकजना रहेको रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १८२४ पुगेको छ ।
यस्तै, कर्णालीमा शुक्रबार थप ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५८५ पुगेको छ ।
कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २३३ जना आइसोलेसनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4