Comments Add Comment

एम्बुलेन्समै मृत्यु भएका युवकमा कोरोना नेगेटिभ

१० साउन, विराटनगर । कोशी अस्पताल विराटनगरको इमरजेन्सी वार्ड अगाडि एम्बुलेन्समै ज्यान गुमाएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगरका ठूला अस्पतालको लापरबाहीका कारण उपचार नपाएर एम्बुलेन्सभित्रै मृत्यु भएका उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

यो पनि पढ्नुहोस कोशी अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु

कोरोना भाइरसको संक्रमणको आशंका गर्दै विराटनगरको नोबेल र कोशी अस्पतालले भर्ना गरेका थिएनन् । अस्पतालले भर्ना नगर्दा एम्बुलेन्सभित्रै शुक्रबार दिउँसो साढे ३ बजे राईको मृत्यु भएको थियो ।

कोशी अस्पतालमा परीक्षण गर्दा युवकमा कोरोना नेगेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुुमनलाल दासले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएपछि शव शनिबार बिहान परिवारका सदस्यलाई बुझाइएको छ ।

महिलाको रिपोर्ट पनि नेगेटिभ

विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी महिलाको पनि कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ ।

शुक्रबार दिउँसो २ बजेतिर मृत्यु भएकी सुनसरीको इनरुवा नगरपालिका–३ की ४० वर्षीया जंगलीदेवी सदाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना संक्रमण भएको आशंकामा उनलाई बिहीबार आइसोलेसनमा भर्ना गरेर स्वाब परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नेगेटिभ आएको डाक्टर दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment