+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पार्टी भित्रैबाट असहयोगका बाबजुद सरकार सफल : मन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १० गते २०:०४

१० साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी भित्रबाटै असहयोगका बाबजुद सरकार सफल भएको दाबी गरेका छन् ।

मदन भण्डारी फाउण्डेसन, काभ्रे जिल्ला कमिटीले शनिबार बनेपामा गरेको कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएको बताए । कोरोनाविरुद्धको लडाईँमा सरकारलाई साथ दिनको साटो राजीनामा माग्ने, बैठकमा कस्तो कुर्सीमा को बस्यो भन्ने जस्ता विषयमा उठाउँदा जनता निराशा हुँदै गएको बताए ।

उनले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्नेमा जोड दिए । मन्त्री ज्ञवालीले भने, ‘मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आˆनो स्वामित्वलाई फर्काउनुपर्नेछ ।’

उनले नक्सा छाप्न पनि दह्रो मुटु भएको, राष्ट्रियताको लागि लड्ने एउटा नायक चाहिन्थ्यो भनेका छन् । ‘कुर्सी जेसुकै होस् तर म राष्ट्रियताका लागि लड्छु भन्ने हिम्मत, कुर्सीबाट हट्न परे पनि आˆनो भूमि छोडि्दन भन्ने हिम्मत चाहिन्थ्यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?