Comments Add Comment

के कलाकारले पाउलान् त ‘रातो पासपोर्ट’ ?

नेपालका कलाकर्मीले राज्यबाट पाउनुपर्ने सुविधा पाएका छैनन् । धेरै कलाकारलाई त सिंहदरबार प्रवेशमै कठिनाई छ । सरकारले कलाकारलाई विभिन्न श्रेणी छुट्टयाएर वितरण गरेको परिचय पत्रको पनि महत्व खासै देखिएको छैन ।

नेपाली कलाकर्मीले विमानस्थलमा पाउनुपर्ने सुविधा पनि पाएका छैनन् । तर, सरकारका प्रवक्ता तथा सूचना, संचार तथा प्रविधी मन्त्री यूवराज खतिवडाले भने केही कलाकर्मीलाई रातो पासपोर्ट दिन सकिने बताएका छन् ।

चलचित्र विकास बोर्डको निरिक्षण गर्न पुगेका मन्त्री खतिवडाले मुर्धन्य कलाकारहरुलाई रातो पासपोर्ट प्रदान गर्न सकिने बताएका हुन् । उनले, सोही अनुरुपको कार्यक्रम ल्याउन पनि चलचित्र विकास बोर्डलाई निर्देशन दिए ।

खतिवडाले भने–‘अरु क्षेत्रका व्यक्तिहरुले विदेश जाँदा जुन किसिमको पहुँच पाउनुभएको छ, कतिले रातो पासपोर्ट पनि माग्नु भएको छ, कतिले भीआइपी कक्ष पनि प्रयोग गर्नुभएको छ । त्यो एउटा मर्यादाक्रम र हाम्रा श्रोतको सीमा हेरेर सकिने कुरा हो ।’

विकास बोर्ड निरिक्षणका क्रममा मन्त्री खतिवडाले नेपाली चलचित्र क्षेत्रलाई पनि कोरोना भाइरसबाट अति प्रभावित क्षेत्रको रुपमा अन्य उद्योगे पाएजस्तै सुविधा र सहुलियत दिने आश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment