११ साउन, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु भएको हो ।
शनिबार बेलुका पौने ७ बजे कारको ठक्कबाट घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । गाउँका अगुवा राजकुमारको बाँकेको कोहलपुरमा र बालक निसानको रुपन्देहीको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही घटनामा घाइते राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षीया सृष्टि गुरूङ, २२ वर्षीया गौरी चौधरी र २ वर्षीया लक्ष्मी चौधरी घाइते भएका छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको छ ।
थारु समुदायको परम्परागत पर्व गुरही सेलाउन जाने क्रममा उनीहरुलाई कारले ठक्कर दिएको थियो ।
प्रतिक्रिया 4