Comments Add Comment

यस्तो गाउँ, जहाँ नाग पञ्चमीमा लाग्छ सर्पको मेला

हिजो शनिवार हिन्दु धर्मावलम्बीहरुले नाग पञ्चमी पर्व मनाए । नाग पञ्चमीमा नागको पुजा गर्ने तथा घरका ढोकाहरुमा नागको चित्र टाँस्ने चलन छ । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहीँ नाग पञ्चमीको अवसरमा सर्पको मेला लाग्दछ ।

भारतको बिहार राज्यस्थित समस्तीपूरमा हरेक वर्ष नागपञ्चमीमा सर्प मेलाको आयोजना गरिन्छ ।

समस्तीपुरको सिंघिया, नरहन, डुमरिया, खदियाही, बेसही, चकहबीब, मुस्तफापुर लगायतका क्षेत्रहरुमा नागमेला लाग्दछ ।

नागमेलाका लागि उक्त क्षेत्रहरुमा एक महिनाअघि देखि नै तयारी थालिन्छ । स्थानीय मानिसहरु सर्प पक्रिएर घरमा राख्न सुरु गर्दछन् । नागपञ्चमीको अघिल्लो रात सबैजना गाउँलेहरु आ आफ्ना सर्प लिएर एकठाउँमा जम्मा हुन्छन्, रातभर सर्पको पुजा गर्दछन् । नागपञ्चमीको बिहान सबेरै गाउँलेहरु ती सर्पहरु लिएर जुलस तथा बाजागाजा सहित नदी किनारामा जम्मा हुन्छन् । नदीमा स्नान गरी सर्पलाई दुध तथा भोजन गराएर जंगलमा छाडिदिने गर्दछन् ।

यद्यपि सर्पले दुध खाने कुनै वैज्ञानिक तथ्य छैन । तथापि सर्पलाई दुध अर्पण गर्ने कार्य हिन्दु धर्ममा प्रचलित छ ।

उक्त पर्वका क्रममा कतिपय मानिसहरुलाई विषालु सर्पले डस्ने घटना समेत हुन्छन् । त्यसैले सरकारले सम्भावित सर्पदंशलाई मध्यनजर गर्दै उक्त दिन उद्धार तथा अस्पतालमा एन्टी भेनम औषधिको सुनिश्चितता गरेको हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment