+
+
Shares

साम्राज्ञी लेख्छिन्–‘विश्वासका साथ अगाडि बढ्नुछ’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १३:४३

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक तथा निर्देशक भूवन केसीको सामाजिक संजालबाट सुरु भएको वाकयुद्ध अब अदालतसम्म पुगेको छ । नायक केसीले १० करोड क्षतीपूर्तीको दाबी गर्दै जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेपछि उनीहरुको आरोप–प्रत्यारोपले नयाँ मोड लिएको हो ।

नायक केसीले साम्राज्ञीले आफ्नो इज्जतमा ठेस पुर्याएको, मानहानी गरेको लगायतका उजुरी सहित मुद्दा दर्ता गरेका हुन् । उसो त, साम्राज्ञी र भूवनको बिषय अदालतसम्म पुग्नुपर्ने थिएन भन्ने पनि चलचित्रकर्मी बताउँछन् । तर, नायक केसीले अब अदालतबाट नै जे फैसला हुन्छ, सोही कुरालाई स्विकार गर्ने भन्दै मुद्दा दर्ता गरे । साम्राज्ञी र भूवनको बिषयमा केही चलचित्रकर्मीहरुले पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

नायिका साम्राज्ञी पनि यो बिषयलाई आफूले अगाडि नबढाएको बताउँछिन् । उनले दिएको अभिव्यक्तिले पनि के कुरा वुझ्न सकिन्छ भने, उनी यो बिषयलाई अगाडि बढाउने सोचमा थिइनन् । तर, नायक केसीले मुद्दा नै दर्ता गरेपछि अब साम्राज्ञीले नचाहेर पनि बिषय धेरै अगाडि बढेको छ ।

उनै, साम्राज्ञीले भूवनले मुद्दा दर्ता गरेको भोलीपल्ट सामाजिक संजालमा लेखिन्–‘डर भन्दा विश्वार निष्ठाको साथमा अगाडि बढ्नुछ ।’साम्राज्ञीले २१ औं शताब्दीको महिला भएको भन्दै डर भन्दा आफूमाथि विश्वास आवश्यक रहेको उल्लेख गर्न खोजेकी छिन् ।

चलचित्र ‘ड्रिम्स’को छायांकनका क्रममा आफूमाथि पक्षपात भएको भन्दै आवाज उठाएकी साम्राज्ञीले जापानको एक अवार्डमा भूवन केसीले आफूसँग नजिक भएर, गाला जोडेर बोल्न खोजेको आरोप लगाएकी थिइन् । यसपछि, भूवन र साम्राज्ञीविच सामाजिक संजालमा आरोप–प्रत्यारोप चर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?