Comments Add Comment

राजमोले भन्यो- प्रधानन्यायाधीशलाई महाअभियोग लगाऊ

११ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले पत्नी हत्याको आरोपमा सर्वस्वसहित जन्म कैदको सजाय भोगिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई उन्मुक्ति दिने गरी फैसला सुनाउने प्रधानन्यायाधीसलाई महाअभियोग लगाएर हटाउनु पर्ने माग गरेको छ ।

राजमोका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोइरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको भन्दै सो निर्णय न्यायका मूल्य, मान्यता र नजीरकाविरुद्ध रहेको जनाएका छन् ।

‘सर्वोच्च अदालतले जुन आधार देखाएर त्यो फैसला गरेको छ, त्यो सही छैन । त्यो हत्याको घटना तत्काल आवेगमा आएर अप्रत्यासित रुपमा भएको होइन । त्यतिबेला नै घटनाको अनुसन्धान गर्दा घटना नियोजित रुपमा भएका तथ्यहरु प्राप्त भएका थिए । जहाँसम्म साना बालबालिकाको संरक्षणको कुरा छ, त्यस प्रकारका बर्बर हत्याराबाट बालबालिकाको संरक्षण हुन सक्दैन भन्ने नजीर अदालतबाट स्थापित भइसकेको छ । अहिले ती बालबालिका ठूला भइसकेका छन् । त्यसकारण सर्वोच्च अदालतको त्यो फैसला सही छैन । त्यो फैसला भ्रष्टाचार वा अनुचित प्रभावका आधारमा भएको हुन सक्दछ । त्यो निर्णय न्यायका मूल्य, मान्यता र नजीरका विरुद्ध छ । त्यो निर्णयको हामीले विरोध गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस पुनरावलोकनको पेशी तोकिने दिन प्रधानन्यायाधीश जबरा बिदा बस्लान् ?

ठूला दलहरुले उच्च निकायहरुका अधिकारीहरु नियुक्ति गर्ने बेलामा तिनको योग्यता, क्षमता तथा इमान्दारिताको आधारमा नभई भागवण्डाको आधारमा नियुक्ति गर्दा न्यायपालिकाप्रतिको जनविश्वास र भरोसामा प्रश्न उठ्ने गरेको सो पार्टीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment