+
+
Shares

पर्सामा ४५ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १४:१३

११ साउन, वीरगञ्ज । पर्सामा प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । बहुदरमाई नगरपालिका-९ धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको हो ।

यसअघि ६ गते पाँच किलो गाँजासहित पक्राउ परेका बहुदरमाईकै ४५ वर्षीय शम्भु साह कलवार र २२ वर्षीय अनिलकुमार कलवारको अनुसन्धानका क्रममा थप गाँजा बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहका अनुसार यसअघि पक्रारउ परेका शम्भु र अनिललाई गाउँलेले भगाउने प्रयाससमेत गरेका थिए ।

पछि जिल्लाबाट थप सुरक्षा बल मगारएर उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी शनिबार थप गाँजा बरामद गरिएको उनले बताए ।

प्रहरीका अनुसार साहले गाँजाको प्याकेट बनाएर प्लाष्टिकको बोराभित्र राखी गहुँ राखिएको ड्रममा लुकाएर राखेका थिए ।

छापा मार्न प्रहरी टोली पुग्नुअघि नै धनिलाल भने फरार भइसकेका थिए । प्रहरीले यसअघि पक्राउ परेका दुईजनालाई पनि धनिलाल र उनको छोराले भगाउन खोजेको दाबी गरेको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?