
११ साउन, काठमाडौं । सरकारले १ भदौबाट आन्तरिक र बाहृय उडान सञ्चालनको घोषणा गरेको छ । सोहीअनुसार कम्पनीहरुले समेत तयारी थालेका छन् । यसै क्रममा बुद्ध होलिडेजले पोखरा र चितवनका लागि सस्तो भ्रमण प्याकेज घोषणा गरेको छ ।
बुद्ध एयरकै भगिनी कम्पनी बुद्ध होलिडेजले ५ हजार ९ सय ९९ रुपैयाँमा दुई दिन/तीन रातको प्याकेज घोषणा गरेको छ । उता, चितवनका लागि भने बुद्धले ७ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको छ ।
लामो लकडाउनका कारण पर्यटन क्षेत्र निकै शिथिल बनेको पर्यटनलाई माथि उठाउन पर्ने दायित्वका बीच सस्तो प्याकेज ल्याएको कम्पनीले जनाएको छ । बुद्ध एयर, पोखरा तथा चितवनका होटलहरुसँगको सहकार्यमा प्याकेज ल्याएको कम्पनीको भनाई छ ।
अहिलेको परिस्थितिमा संक्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुद्ध होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका समेत तयार गरेको बताएको छ । यसलाई अक्षरसः पालना गर्दै यात्रु तथा पर्यटकलाई संक्रमणरहित घुमफिरमा आहृवान गरिएको बुध्द होलिडेजकी सीईओ आस्था बस्नेतले बताइन् ।
दुई रात तीन दिने पोखरा प्योकजमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाई, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा राखिएको छ ।
चितवनमा दुई रात तीन दिने प्योकजमा दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाई, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश छ ।
प्रतिक्रिया 4