+
+
Shares

प्रेमिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १६:२०

११ साउन, काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् ।

महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो ।

शर्माका अनुसार घटना १२ असारको हो । कार्की परिवारले भने पीडित भनिएकी किशोरी उनको प्रेमिका भएको जनाएको छ । फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध पनि भएको कार्कीको भनाइ छ ।

तर, सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनले अपराध मानेको छ । त्यसैले मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?