Comments Add Comment

स्याङ्जामा थप १८ जना प्रहरी कर्मचारीमा कोरोना स‌ंक्रमण

१२ साउन, काठमाडौं । स्याङ्जामा सोमबार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालयमा मात्रै कोरोना संक्रमित हुने प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।

‘सोमबार थप १८ जनामा संक्रमण पुष्टि भएको छ । साउन ७ र ८ गते ४ जना थुनुवासहित ९८ जनाको स्वाब संकलन गरिएको थियो,’ डीएसपी अधिकारीले भने, ‘जसमध्ये ३५ जनाको रिपोर्ट आउँदा १८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट आउन बाँकी छ ।’

यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा सर्वसाधरण सेवाग्राहीलाई प्रवेश निषेध गरेर स्वाब संकलन गरिएको थियो ।

डीएसपी अधिकारीका अनुसार संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई भिरकोट नगरपालिका–१ मा रहेको कालिका सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment