Comments Add Comment

म्याग्दीमा थप ३ जनामा डेंगु, संक्रमितको संख्या २५ पुग्यो   

१२ साउन, गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा सोमबार थप ३ जनामा डेंगु संक्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मंगला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेंगु संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

संक्रमितमध्ये दुई जना आइतबार र बेनपा–४ का २५ वर्षीय पुरुष सोमबार उपचारका लागि अस्पताल आएका थिए । सूचना अधिकारी सुवेदीका अनुसार संक्रमित बिरामीमा उच्च ज्वरो आउने, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो । उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेंगुका मुख्य लक्षण हुन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ । अस्पतालको रेकर्डअनुसार हालसम्म डेंगु संक्रमितको सङ्ख्या २५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment