Comments Add Comment

दिनहुँ दुध दिने दुनियाँकै अनौठो बोका

बाख्रीले दुध दिनु त अनौठो कुरा भएन । तर जब बोकाले दुध दिन थाल्दछ, तब त्यो दुनियाकै आठौँ आश्चर्य नबन्ने कुरा भएन ।

यस्तो अकल्पनीय घटना भारतको राजस्थानमा भएको छ । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानले घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ । बोकाबाट दुहेको दुधलाई उसका मालिकले निकै स्वाद मानेर पिउने गरेका छन् ।

राजवीर नामका स्थानीय व्यक्तिले घरमा पालेको बोकाले दिनहुँ आधा लिटर दुध दिन्छ । राजवीरले १६ महिना अगाडि स्थानीय हाट बजारबाट अढाई हजार भारुमा सो बोका किनेका थिए ।

उनले किनेको उक्त बोका घरमा ल्याएको १० महिना पछि परिवर्तन हुन थाल्यो । जिउमा पोथी बाख्रामा हुने अंगहरु विकसित हुन थाले । त्यसका थुनहरु ठूला ठूला हुन थाले र थुनबाट दुध झर्न थाल्यो । त्यसपछि उनले दिनहुँ उक्त बोकाको थुन दुहेर दुध निकाल्न थालेका हुन् । उनको परिवारका सबै जनाले दिनदिनै बोकाको दुध पिउन थालेका छन् ।

दुध दिने बोकाको बारेमा खबर फैलिएसँगै उक्त बोकालाई हेर्न आउनेहरुको संख्या बढिरहेको छ । पशु चिकित्सकहरुका अनुसार उक्त बोकाको सरीरमा हर्मोनको गडबडीका कारण त्यसले दुध दिन थालेको हो । बोकाले दिएको दुध पिउँदा कुनै असर नगर्ने तर दुधलाई उमालेर मात्र पिउनु उपयुक्त हुने पशु चिकित्सक बताउँछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment