Comments Add Comment

बेनिशाको पेन्टिङमा बुद्धको मुर्तीदेखि प्रकृतीको सुन्दरतासम्म

नायिका बेनिशा हमालले लक डाउनको समयमा आफ्नो सानैदेखि पेन्टिङ गर्ने चाहना केही हदसम्म पुरा गरिन् । बेनिशाले प्रकृतीको सुन्दरतालाई आफ्नो कल्पनामा उतार्ने कोशिश गरिन् ।

मुम्बइमा ‘फिल्म मेकिङ’ अध्यन गर्दागर्दै कोरोनाका कारण लकडाउन भएपछि उनी नेपाल आएकी थिइन् । नेपाल आएर अपार्टमेन्टमा बस्दै गर्दा बेनिशालाई एक जना साथीले पेन्टिङ गर्न आग्रह गरिन् ।

बेनिशा भन्छिन्–‘२ कक्षामा हुँदा मैले पेन्टिङ गरेकी थिएँ । यसपछि बनाउने अवसर मिलेको थिएन । तर, यसपटक साथीले आग्रह गरेपछि बनाउन सुरु गरेँ । साथी तथा शुभचिन्तकहरुबाट माया पाएपछि बनाउने हौसला झनै मिल्यो ।’

बेनिशाले एउटा पेन्टिङ बनाउन ४ घन्टा लाग्ने बताइन् । उनले पेन्टिङमा फ्रान्सको आइफिल टावरदेखि वुद्धको मुर्ती समेत बनाएकी छिन् । उनले, मानिसहरुको फोटो हेरेर पनि अनुहारको पेन्टिङ कोरिन् ।

बेनिशाका अनुसार, पेन्टिङ ध्यानको एउटा विधी पनि हो । पेन्टिङ गर्न थालेपछि बाहिरी दुनियाँ सबै बिर्सिएर त्यसमै ध्यान जाने उनको तर्क छ । उनी भन्छिन्–‘लकडाउन खुलेपनि अब पेन्टिङ गर्ने कामलाई निरन्तरता दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment