+
+
Shares

२५ दिन कैद सजाए पाएका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १४:२९

१३ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैङ्किङ कसुर सम्बन्धी मुद्दाका दोषीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उच्च अदालत, पाटनद्वारा दोषी ठहर भएका नुवाकोटको साविक थानापति गाविस-९ घर भई ललिपुर जिल्लाको ललितपुर महानगरपालिका-१४ तिखीदेवल बस्ने ४३ वर्षीय पारस लोहोनी रहेका छन् ।

उच्च अदालत, पाटनले २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना सजाय फैसला गरे पनि उनी फरार थिए । उनीविरुद्ध २९ माघ २०७६ मा अदालतले सजाय फैसला सुनाएको थियो ।

काठमाण्डौंस्थित मातातिर्थ क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा उनलाई सोमबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको व्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?