Comments Add Comment

काठमाडौं उपत्यकामा ५३ जनामा संक्रमण पुष्टि, नाकामा ४८ सयको स्वाब संकलन

१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् ।

मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै डोटीका ५८ जना, कपिलवस्तुका ३४, स्याङ्जा र कैलालीका १८/१८ जना, मोरङका १७, अछामका १६, सप्तरीका १५, पर्साका १४, धनुषाका ९, महोत्तरीका ८, नवलपुर र दाङका ६/६ जना, बाराका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुर र सिन्धुपाल्चोकमा ४/४ जना, झापा, बाँके, बझाङ, लमजुङका ३/३, रुपन्देही, कास्की र सुर्खेतमा २/२ जना तथा इलाम, रौतहट, सर्लाही, नवलपरासी, नुवाकोट, रामेछाप, भक्तपुर, मकवानपुर, ओखलढुंगा, गोरखा, दैलेख, दार्चुला र कञ्चनपुरमा एक/एक जना संक्रमण थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ । उनीहरुमध्ये १३ हजार ८७५ निको भएका छन् भने ४९ जनाको मृत्यु भएको छ ।

थप एकको मृत्यु

यस्तै कोरोना भाइरसको संक्रमणबाट थप मृत्यु भएको छ । शुक्रबार मृत्यु भएका बझाङको बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो ।

असार २४ गते परिवारसहित भारतको बैंग्लोरबाट आएका उनी क्वारेन्टिनमा बसेका थिए । उनको स्वास्थ्यमा साउन १ गते केही समस्या देखिएको थियो, तर अस्पताल लैजानुको साटो क्वारेन्टिन स्थलमै झारफुक गरियो ।

र, १४ दिन क्वारेन्टिन बसेर ६ गते घर गए । ९ गते निधन भएको खबर आएको नगरपालिकाका सिनियर अहेब भूमिराज जोशीले बताए । मृत्युपछि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको र सोमबार कोरोना पोजेटिभ भएको रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment