+
+
Shares

प्रहरी हेडक्वार्टरका थप २३ जनालाई कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १४:५०

१३ साउन, काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।

‘उहाँहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको छ’ शाहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?