+
+
Shares

कांग्रेसका जिल्ला सभापतिहरुले भने– विभागहरुमा मनोनयन रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १७:४७

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विभाग तथा समितिहरुमा मनोनयन रोक्न माग गरेका छन् ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा महाधिवेशनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा बाहेक विभाग वा समिति गठन गर्नु निर्वाचन आचारसंहिता र राजनीतिक नैतिकता विपरित भएको निष्कर्ष निकालेको छ । ‘यस्ता लोक हँसाउने भद्दामजाक कर्म तत्काल रोक्न र यसबीच बनाइएका सबै विभाग खारेज गर्नुपर्ने हाम्रो निष्कर्ष छ’ उनीहरुले भनेका छन् ।

बैठकले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा नेता कार्यकर्तालाई छानीछानी कारबाही गर्दा निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको निष्कर्ष निकालेको छ र, यस्ता गतिविधि तत्काल रोक्नुपर्नेमा जोड दिएको छ ।

जिल्ला सभापतिहरुले स्थानीय तह पार्टी समायोजनमा निर्वाचन समितिले सिन्धुपाल्चोक लगायतका जिल्लामा नीतिभन्दा नेता प्रभावको गन्ध आएका भन्दै निर्णय प्रक्रियामा पुनर्विचार गरी निष्पक्षता र तटस्थता कायम गर्न आग्रह गरेका छन् ।

साथै पार्टी एकीकरण वा पार्टी प्रवेशलाई निष्ठावान नेताकार्यकर्ताको तेजोवध गर्ने, क्षणिक गुटगत फाइदाका लागि पार्टीलाई दीर्घकालिन क्षति पुर्‍याउने वा एकाध नेताको प्रवेशको आडमा सयौं संख्यामा कृयाशील सदस्यता पठाएर अनियमितता गर्ने काम नहोस् भन्नेतर्फ नेतृत्वलाई सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?