
१३ साउन, काठमाडौं । श्री एयरलाइन्सले आफ्ना दुई वटा हेलिकोप्टर इण्डोनेसिया पठाएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार श्री एयरलाइनसका एमआई-१७ हेलिकोप्टर मंगलबार इण्डोनेसिया उडेका हुन् ।
कम्पनी स्रोतका अनुसार यी हेलिकोप्टर केही समय इण्डोनेसियामै उड्ने भएका छन् । नेपालमा तत्काल विजनेस नभएको अवस्थामा कम्पनीले हेलिकोप्टर इण्डोनेसिया पठाएको हो । श्रीले यसअघि पनि संयुक्त राष्ट्रसंघसँगको समन्वयमा हेलिकोप्टर विदेशमा उडाएको थियो ।
मंगलबार श्रीका दुई उडानसँगै अन्तराष्ट्रियतर्फ कुल ६ उडान-अवतरण भएका छन् । जसमध्ये स्वीस एयरफोर्सको जहाजले ८ यात्रु लिएर टर्किको ट्रावजोन उडेको छ ।
मंगलबार एयर अरेबिया कार्गो बोकेर सारजहाबाट काठमाडौं आयो । मंगलबार हिमालय एयरलाइन्स सिंगापुर प्रस्थान गर्दैछ । आजै नेपाल एयरलाइन्सको जहाज मस्कट जाने कार्यक्रम रहेको छ । यी जहाज बुधबार फर्किनेछन् ।
बुधबार मलेसियाबाट मलेसिया एयरलाइन्स काठमाडौं आउनेछ । मंगलबार आन्तरिकतर्फ कैलास हेलीले २ यात्रु बोकेर काभ्रे प्रस्थान गरेको छ ।
प्रतिक्रिया 4