Comments Add Comment

अनौठो गाउँ, जहाँका मुखिया भारतमा खान्छन् तर म्यानमारमा सुत्न जान्छन्

कुनै गाउँका मुखियाले एक देशमा खाना खाने तर अर्को देशमा सुत्न जाने गरेको सुन्नुभएको छ ? यस्तो अनौठो गाउँ हाम्रै छिमेकी मुलुक भारतमा छ ।

भारत र म्यानमारको सीमानामा पर्ने लोंगवा गाउँको आधा हिस्सा भारतमा छ भने आधा म्यानमारमा रहेको छ ।

भारत र म्यानमारको सीमा रेखाले यो गाउँलाई ठ्याक्कै बीच भागबाट काटेको छ । तर उक्त अन्तर्राष्ट्रिय सीमाको त्यहाँ कुनै परवाह छैन र गाउँलेहरुलाई दुई फरक देशमा भएको कुनै अनुभूति छैन । गाउँको बीचमा रहेका सीमा स्तम्भमा एकातर्फ बर्मिज भाषामा र अर्को तर्फ हिन्दी भाषामा सूचनाहरु लेखिएका छन् तर आदिवासी समुदायको आफ्नै भाषा छ ।

यो आदिवासी समुदायमा मुखिया प्रथा चलिआएको छ । मुखियाले आसपासका विभिन्न गाउँको समेत प्रमुखको भूमिका निर्वाह गर्दछन् । मुखियालाई बहुपत्नी राख्ने छुट छ । हालका मुखियाका ६० वटी पत्नी छन् ।

भारत र म्यानमारको सीमा रेखाले उनै मुखियाको घरलाई बीचबाट काटेको छ । अर्थात् उनको घरको भान्साकोठा भारतमा पर्दछ भने सुत्ने कोठा म्यान्मारमा पर्दछ । सोही कारणले गर्दा उनी हरेक रात भारतमा खाना खाएर म्यानमारमा सुत्न जान्छन् ।

नागाल्याण्डको मोन जिल्लामा घना जंगलको बीचमा म्यानमारसँग जोडिएको भारतको अन्तिम गाउँ हो लोंगवा । उक्त गाउँमा कोंयाक आदिवासी समुदायको बसोबास रहेको छ । उनीहरु निकै खतरनाक तथा हिंस्रक जाति मानिन्छ ।

उक्त आदिवासी समुदायको इतिहास अनुसार उनीहरु आफ्नो समुदायको सत्ता तथा जमीन कब्जा गर्नका लागि प्रायः छिमेकी गाउँहरुसँग युद्ध गरिरहन्थे । युद्धका क्रममा उनीहरुले शत्रुपक्षका मानिसहरुको टाउको काटिदिन्थे ।

शत्रुको टाउको काटिदिने भएकोले पनि यो आदिवासीलार्य हेड हन्टर्सको नामले चिनिन्छ । तर सन् १९४० मा टाउको काट्ने उक्त परम्परामा पूर्णरुपमा प्रतिबन्ध लगाइयो । त्यसपछि पनि छिटफुट रुपमा शिर छेदका घटना हुने गरेकोमा सन् १९६९ यता कुनै पनि त्यस्तो घटना भएका छैनन् । यो समुदायको बसोबास रहेको गाउँ पहाडि क्षेत्रमा छ ।

यो गाउँका मानिसहरुसँग भारत र म्यानमार दुवै देशको नागरिकता रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment