Comments Add Comment

पार्टी प्रवेश गराउने समय ठीक भएन : नेता सिंह

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका पुराना नेतालाई कारबाही गर्ने र अन्यलाई पार्टी प्रवेश गराउने सभापति शेरबहादुर देउवाको कदम उचित नभएको बताएका छन् ।

बुधबार न्यूज एजेन्सी नेपालका सम्बाददातासँगको कुराकानीमा उनले अन्य पार्टीबाट प्रवेश गराउनु राम्रो भए पनि अहिले समय ठीक नभएको बताए । कांग्रेसले हालै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित ३ जनालाई कारबाही गरेको छ भने मंगलबार राप्रपा नेता सुनीलबहादुर थापासहितलाई प्रवेश गराएको छ ।

‘ठीक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भन्दाखेरि अब टेस्टेड पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुहरुलाई प्रवेश गराउने । प्रवेश त गराउनुपर्छ ठीक छ तर यो जुन समय हो ठीक भएन’ उनले भने ।

देउवाले आउँदो महाधिवेशन प्रभावित पार्ने गरी विभाग गठन गर्ने र पद बाँड्ने काम गरेको भन्दै उनले कसैलाई कारबाही गरेर आफूले जे चाहन्छु त्यो गर्न सक्छु भन्ने देखाउन खोजेको बताए ।

‘…म सँग बस्नेहरुलाई पद पनि दिन्छु तर जसले मलाई च्यालेन्ज गर्छ त्यसलाई मैले कारबाही गर्छु भन्ने …दण्ड दिने र मोह पनि देखाउने गरी आउने महाधिवेशनलाई प्रभावित गर्ने गतिविधि एउटा प्रजातान्त्रिक पार्टी भित्र हुनै नपर्ने गतिविधि उहाँले देखाउनुभएको छ’ नेता सिंहले भने ।

देउवाले प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलापसमेत गर्न नसकेको उनले आरोप लगाए । ‘प्रजातान्त्रिक पार्टीको सभापति भइकन पार्टीको मूल्य मान्यता विपरीत जुन जबर्जस्ती गरिराख्नुभएको छ यो अप्रजातान्त्रिक गति हो । यो ठीक भएन भन्ने कुरा हामीले भनिरहेका छौं’ उनले भने ।

२०४६ सालयताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलामा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताए । कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा पुगेको उनको निश्कर्ष छ ।

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment