Comments Add Comment

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१४ साउन, सुर्खेत । एक दर्जनभन्दा बढी ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

अविरल बर्षाका कारणले राजमार्गको दैलेख, कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दैखोला, कालेखोला, बगरेखोला, सुनारखोला, टाकुल्लाखोला, गगनेखोला र कालीकोटको नाग्माघाट, खाडाँचक्रलगायतका ठाउँमा पहिरो गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।

कर्णाली कारिडोरको कालिकोट सडकखण्डमा पनि विभिन्न ठाउँमा पहिरो गएको एसएसपी बास्तोलाले जानकारी दिए । उनका अनुसार राजमार्गको पहिरो हटाउन ३ वटा डोजरसहितको टोली पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment